२५ हजार लिटर पानी खसालेपछि शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

काठमाडौं- शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरले २५ हजार लिटर पानी ओसारेको थियो ।
आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको थियो । यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो ।
स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घसंस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाएका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण, खानेपानी, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मेलम्ची खानेपानी आयोजनालगायतको समन्वयमा आगलागी नियन्त्रण गरिएको हो ।
हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको छ । साँझसम्ममा आगलागी नियन्त्रणमा आएको पोखरेलको भनाइ छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको मुख्य पानीको स्रोत हो ।
आज बिहान ९ बजेबाट लागेको आगो, तीन दमकल र सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी ओसारेर साँझ नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ । बूढानीलकण्ठ नगरपालिका–१, तौलुङबाट शुरु भएको आगलागी क्रमशः फैलिँदै गएको थियो ।

















Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया