शुक्रबार, वैशाख १८, २०८३

तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ को प्रर्दशनी हुने

मेरोन्यूज २०७७ चैत ३१ गते ७:५९

काठमाडौँ । तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते प्रदर्शन हुने भएको छ । उक्त चलचित्र काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा दिउँसो ठिक १२: ०० बजे विशेष प्रदर्शन गरिने भएको हो । निर्माण पक्षले प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

Advertisement
NiccNicc

बढ्दो कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चलचित्र प्रदर्शन रोकिएको थियो । नायक कुमारले कोरोना संक्रमण पहिलाको भन्दा निकै कम भैसकेको र निर्माण टिमले स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र प्रदर्शन गर्ने हिम्मत देखाउनु ठुलो कुरा रहेको बताएका छन ।

नायक कुमार मोक्तानले सबै जनालाई प्रदर्शनमा आउन आग्रह गरेका छन ।

सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले निर्माण, नायिका सीताले निर्देशन गरेकी छिन् भने प्रकाश मोक्तानको कथा लेखनमा तयार भएको हो ।

चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया