तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ को प्रर्दशनी हुने

काठमाडौँ । तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते प्रदर्शन हुने भएको छ । उक्त चलचित्र काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा दिउँसो ठिक १२: ०० बजे विशेष प्रदर्शन गरिने भएको हो । निर्माण पक्षले प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
बढ्दो कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चलचित्र प्रदर्शन रोकिएको थियो । नायक कुमारले कोरोना संक्रमण पहिलाको भन्दा निकै कम भैसकेको र निर्माण टिमले स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र प्रदर्शन गर्ने हिम्मत देखाउनु ठुलो कुरा रहेको बताएका छन ।
नायक कुमार मोक्तानले सबै जनालाई प्रदर्शनमा आउन आग्रह गरेका छन ।
सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले निर्माण, नायिका सीताले निर्देशन गरेकी छिन् भने प्रकाश मोक्तानको कथा लेखनमा तयार भएको हो ।
चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।









एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया