खोटाङ जिल्ला लिग फुटबल वैशाख १० देखि

खोटाङ । आगामी वैशाख १० गतेदेखि खोटाङमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल सङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत हुने (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।
(ए) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा राजावासस्थित यलम्बर खेल मैदानमा सञ्चालन हुने जनाइएको छ ।
जिल्ला लिग वैशाख १० गते उद्घाटन भएपनि प्रतियोगिता भने दोस्रो दिनदेखि मात्र सञ्चालन हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो । विसं २०७६ को लिगमा प्राप्त गरेको अङ्कका आधारमा जिल्लाका छ वटा क्लब (ए) डिभिजनमा र चार वटा क्लब (बि) डिभिजनमा परेको थियो । (ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।









कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
प्रतिक्रिया