खोटाङ जिल्ला लिग फुटबल वैशाख १० देखि

खोटाङ । आगामी वैशाख १० गतेदेखि खोटाङमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल सङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत हुने (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।
(ए) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा राजावासस्थित यलम्बर खेल मैदानमा सञ्चालन हुने जनाइएको छ ।
जिल्ला लिग वैशाख १० गते उद्घाटन भएपनि प्रतियोगिता भने दोस्रो दिनदेखि मात्र सञ्चालन हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो । विसं २०७६ को लिगमा प्राप्त गरेको अङ्कका आधारमा जिल्लाका छ वटा क्लब (ए) डिभिजनमा र चार वटा क्लब (बि) डिभिजनमा परेको थियो । (ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया