माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज
के के छन् त छलफलका एजेन्डा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव लगायत विषयमा छलफल गर्न मोओवादी केनद्रले स्थायी कमिटी बेठक बोलाएको छ ।
काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा समेत तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिन नसक्नेले नयाँ सरकार बनाउने सपना देखेको भन्दै पटक/पटक कटाक्ष गर्दै आएका छन् ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले माओवादी केन्द्रलाई २०७५ जेठ ३ गते अगाडी कै पूर्ववत अवस्थामा फर्काइदिएपछि माओवादी केन्द्रले नयाँ सत्तासमिकरणका लागि प्रयास गरिरहेको छ ।
यद्धपी कांग्रेस र जनता समाजवादी पार्टीले निर्णय दिन नसक्दा माओवादी केन्द्रले पहल थालेको डेढ महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब नयाँ सरकार बने/नबने पनि ओली सरकारलाई दिएको समर्थन लिखित रुपमै फिर्ता दिने बताएका छन् । माओवादीले समर्थन फिर्ता लियो भने ओलीले प्रतिनिधि सभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
एमाले एक्लैको बहुमत नपुग्ने र अन्य दलको समर्थन नभएपछि अल्पमतमा पर्ने भएकाले ओलीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुपर्छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रमहरुमा अब चाँडै नयाँ सरकर बन्ने बताउँदै आएका छन् ।
















संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया