ओलीको स्पष्टीकरणको जवाफ नेपालपक्षका सांसदले दिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नेता माधवकुमार नेपालसहित उनी पक्षका सांसदले दिने भएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए ।
नेता नेपालसहित उनी पक्षका सांसदले बुधबार उक्त स्पष्टीकरणको जवाफ दिने भएका छन् । ओलीले स्पष्टीकरण सोधेपछि नेपाल पक्षका सांसद छलफलमा जुटेका थिए। छलफलमा सहभागी नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरणको जवाफ दिने जानकारी दिइन्।
पार्टीभित्रै एमाले भएर अस्तित्वका लागि लडाइँ गरिरहेको तर ओली पार्टी विधानविरूद्ध लाग्नुभयो भन्दै उनले त्यसको विरोध गर्दा हामीलाई स्पष्टीकरण सोध्नेरु हामी कानूनीरूपमा प्रतिवाद गर्छौं।’
ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेका छन्। पार्टी र सरकारविरूद्ध गतिविधि गरेको आरोप उनीहरूमाथि छ।









मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया