पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : मन्त्री ढकाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताएका छन् ।
चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए । कोरोनाका कारण अघिल्लो वर्षसमेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उनले भने, “पर्यटन क्षेत्रलाई अघिल्लो वर्षको अनुभवका आधारमा कम असर हुने गरी काम गर्नुपर्छ ।”
पर्यटन क्षेत्रका लागि सरकारले प्याकेज ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने ढकालको भनाइ थियो । जनताले जिम्मेवारी पूर्ण ढङ्गले साथ दिएमा सरकारले लकडाउन नगरिकन कोरोना नियन्त्रणमा लिनसक्ने उनले बताए ।
गत बुधबार माडीमा रामधाममा मूर्ति स्थापनाका लागि चितवन आएका मन्त्री ढकालले राज्यले सो क्षेत्रको विकासका लागि योजनाबद्ध तवरले काम अघि बढाउने बताए ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया