१९ केजी गाँजासहित पक्राउ

पर्सा । नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्लीका उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ना ३८ प ६२२६ नम्बरको मोटरसाइकलमा राखी भारततर्फ जाने क्रममा प्रहरीले अन्सारीलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
मङ्गलबार वीरगञ्जबाट दक्षिणततर्फ जाँदै गरेका अन्सारीलाई रोकी जाँच गर्दा दुई पोकामा रहेको गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि अन्सारीलाई नियन्त्रणमा लिएको एसपी पाण्डेले बताए ।
बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया