कुशल पहिलो पटक विश्व टी–२० क्रिकेटको बरियतामा

काठमाडाैं । नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन् । रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो ।
भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा परेका छन् । उनी ९३ औँ स्थानमा रहेका छन् । भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल भएका छन् । उनले तीन खेलमा एक सय ८५ रन बनाएका छन् ।
भुर्तेलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अर्धशतक बनाएका थिए । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको खेलमा ६२ रन बनाएका थिए । यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा परेका छन् ।
उनी यसअघिको बरियतामा ७३औँ स्थानमा थिए । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी–क्रिकेट सिरिज खेल्नबाट वञ्चित भएका थिए । यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व बरियतामा ७७ औँ स्थानमा रहे । उनी यसअघि ८४औँ स्थानमा रहेका थिए ।
हाल जारी टी–२० सिरिजमा लामिछानेले तीन खेलमा आठ विकेट लिएका छन् । उनले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिएका थिए । योसँगै लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । टी–२० क्रिकेटमा उनले हालसम्म २४ खेलमा ४२ विकेट लिएका छन् । यसअघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो । उनले ३१ खेलमा ४१ विकेट लिएका थिए ।


















आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया