भारतमा एकैदिन ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिए

काठमाडौं । भारतमा एकैदिन ३ लाख १४ हजार ८३५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक पनि बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ५९ लाख नाघेको जनाइएको छ । १ लाख ८४ हजार ६५७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको बताइएको छ ।
भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएको जनाइएको छ ।दिल्लीमा २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा २३ तथा केरलामा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका बताइएको छ । कोरोना संक्रमण बढेसँगै भारतका अस्पतालमा बेड तथा आईसीयू बेडको अभाव देखिन थालेको छ ।















निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया