महन्थ ठाकुरले गरे आफू निकटका सांसदहरुसँग छलफल

काठमाडौं । जनता समाजवादी पार्टीका जसपा का अध्यक्ष महन्थ ठाकुरले आफू निकटका सांसदहरुको भेला बोलाएका छन् । उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुको भेला बोलाएका हुन् ।
अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा भइरहेको गतिविधिका बारेमा ब्रिफिङ गरेको बताइएको छ । सत्ता सहकार्यका विषयमा जसपाभित्र दुई धार देखिएको छ । पूर्व समाजवादी पार्टी अर्थात अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष नेकपा एमालेबाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा अर्थात महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएका छन् ।
गण्डकी प्रदेशमा जनता समाजवादी पार्टीसमेत मिलेर मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने लुम्बिनी प्रदेशमा जसपाका ४ नेता मन्त्री नियुक्त भएका छन् ।









यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया