नेपालद्वारा मलेसिया पराजित

काठमाडाैं । नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।
नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मलेसियाले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो । मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौकासहित सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ तथा मोहम्मद वाफिकले १२ रन बनाए ।
बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन/तीन विकेट लिए भने सुसन भारीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ४५ रनको योगदान दिए ।
आसिफ शेखले ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९, कुशल भुर्तेलले १६ तथा विनोद भण्डारीले ८ रन जोडे । बलिङतर्फ मलेसियाका फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए । नेपालले ४ खेलमा ३ जीत र १ मा हारसहित ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रह्यो ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । त्यसैगरी नेदरल्यान्ड्स ४ खेलमा २ मा जीत, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो । अब नेपाल र नेदरल्यान्ड्सवीचको फाइनल खेल शनिबार हुनेछ ।


















आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया