कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदलाई पार्टीबाट हटाउने तयारी

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाट हटाउने तयारी थालेको छ । एकाले कर्णाली संसदीय दलको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हंटाउन लागेको हो ।
आज बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई कारबाही गर्ने जनाइएको छ । उनीहरुले गतसाता पार्टीको निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । शाहीलाई विश्वासको मत दिने चारैजना प्रदेश सरकारका मन्त्री बनिसकेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकमा कर्णाली प्रदेशका ५ सहित ३२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे विश्लेषण गर्नुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । एमाले स्रोतका अनुसार फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारवाही निश्चित छ । तर अरुलाई छलफलपछि नै निर्णय हुने भनिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच संवाद भइरहेकाले तत्कालै कारवाही नहुने देखिन्छ ।
वैशाख ६ गते बसेको बैठकले माधव नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया