एमालेले बादललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका बादलले दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि उनको पद गुमेको थियो । निर्वाचन आयोगले बिहीबार राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो भने शुक्रबार देखि दल दर्ताको समय दिएको छ । आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उप निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । सरकारले निर्वाचन आयोगको परामर्शमा उप निर्वाचनको मिति तोकेको जनाइएको छ ।
उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन्। एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेका छन् ।









सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता फारम वितरण सुरु
UML 11th National Congress: Candidacy filing taking place today
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया