एमालेले बादललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका बादलले दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि उनको पद गुमेको थियो । निर्वाचन आयोगले बिहीबार राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो भने शुक्रबार देखि दल दर्ताको समय दिएको छ । आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उप निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । सरकारले निर्वाचन आयोगको परामर्शमा उप निर्वाचनको मिति तोकेको जनाइएको छ ।
उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन्। एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेका छन् ।

















चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया