त्रिदेशीय टि–२० सिरिजको उपाधि भिडन्त आज
उपाधी घरमै राख्ने नेपालको लक्ष्य

काठमाण्डौ । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टि–२० सिरिजको उपाधि भिडन्त आज हुँदै छ ।
उपधाीका लागि घरेलु मैदानमा नेपालले शनिबार नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गर्दैछ । समुह विजेताको रुपमा फाईनल पुगेको नेपाल नेदरल्याण्ड्सबिरुद्ध पछिल्लो भेटमा भोगेको हारको बदला लिदै उपाधि घरमै राख्न चाहान्छ । तर सहजै उपाधि जित्ने नेपालको आधार भने कमजोर छ ।
कोरोना माहामारीका कारण त्रिबि क्रिकेट मैदानमा दर्शकको प्रवेशमा लगाईएको रोक तथा डच टोलीको उच्च फर्मका कारण नेपालले सहजै उपाधि जित्नेमा ढुक्क हुने आधार कमजोर बनेको हो ।
यद्यपी समुहचरणको अन्तिम खेलमा उच्च योगफल बनाउदै मलेसीयालाई ६९ रनले हराएको नेपाल त्यस्तै नतिजा पुनरावृत्ति गर्न चाहन्छ ।
डेब्यु पछिका तीन खेलमा लगातार तीन अर्धशतक बनाउँदै किर्तिमान बनाएका ओपनर कुशल भुर्तेल पछिल्लो खेलमा १६ रनमै आउट भएका थिए ।
टोलीका अन्य सदस्यहरुको फिटनेश पनि सुधारउन्मुख देखिएकाले प्रशिक्षक डेभ वाटमोर उपाधि जित्नेमा आशावादी रहकोे बताउँछन् । उनको प्रशिक्षणमा पहिलो अन्तराष्ट्रिय सिरिज खेलिरहेको नेपाललाई त्यो साख जोगाउन पनि नेदरल्याण्ड्सबिरुद्धको फाईनल परिक्षा जस्तै बनेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने फाईनल खेल शनिबार दिउँसो सवा १ बजे सुरु हुनेछ ।
उद्घाटन खेलमा डच टोलीबिरुद्ध ९ विकेटको प्रभावशाली जित निकालेको नेपाल उसैसंगको दोस्रो भेटमा ३ विकेटले पराजित भएको थियो ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया