कांग्रेस नेता सिंहले भने- ‘लोकतन्त्रको पारिलो घाम ताप्ने अवसर सबैलाई प्रदान गर्न सकियोस्’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले लोकतन्त्र दिवसको अवसरमा सम्पुर्ण नेपाली जनताान शुभकामना व्यक्त गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल मार्फत शुभकामना ब्यक्त गदै नेता सिंहले नेपाली जनताका अपेक्षा पुरा गर्न जिम्मेवार राजनीतिक दलहरुमा चेत आउन जरुरी रहेको बताएका हुन् ।
आजको दिनसँगै लोकतन्त्रको पारिलो घाम ताप्ने अवसर सबैलाई प्रदान गर्न सकियोस् उनले भने,मुलुकमा देखिएको चरम राजनीतिक अस्थिरताको विधिसम्मत् समाधान दिन सकियोस् ।
नेता सिंहले दिएको शुभकामना सन्देश जस्ताको त्यस्तै
जनताका अपेक्षा पूरा गर्ने सन्दर्भमा देखिएका तमाम असन्तुस्टिलाई बेलैमा सम्बोधन गर्ने जिम्मेवार राजनीतिक दलहरुमा चेत आउन सकोस् । लोकतन्त्रको पारिलो घाम ताप्ने अवसर सबैलाई प्रदान गर्न सकियोस् । मुलुकमा देखिएको चरम राजनीतिक अस्थिरताको विधिसम्मत् समाधान दिन सकियोस् । विपत्तिमा राज्य जनताको अभिभावक बन्न सकोस् । कोरोना महामारीको विपत्तिमा जनजीवन अस्तव्यस्त बनिरहेको दुःखद परिस्थितिमा राज्य जिम्मेवार बनेर अविलम्ब ठोस र प्रभावकारी कार्यक्रम ल्याउन कुनै अलमल नहोस् । बेथिति माझ विधिको शासन स्थापना गर्न सकियोस् । सबैले यो जटिल परिस्थितिबाट छिटै उन्मुक्ति पाउन सकियोस् । लोकतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । बाचौं र बचाओैं ।
जय नेपाल ।
प्रकाशमान सिंह, नेपाली कांग्रेस ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया