महावीर जयन्तीले सबैलाई प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रर्वतक महावीर दुई हजार ६२० औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले महावीरको सुरुवात गरेको जैन धर्मावलम्बीलाई शुभकामना दिएकी हुन् ।
महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्गहरु अहिंसा, सत्य, चोरी नगर्ने, ब्रह्मचर्य र अपरिग्रह देखाएको जनाउँदै राष्ट्रपतिले मानव जातिलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । उनले सामाजिक न्यायमा आधारित सभ्य र समृद्ध समाज निर्माणका बाटामा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी थिइन् ।
जैन धर्मका संस्थापक एवं धार्मिक गुरु वर्धमान महावीरको जन्म ५९९ इसापूर्वमा भएको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन सम्पूर्ण जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउने गर्छन् । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत ॐकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया