लकडाउनको डरले ठूलो अंकले घट्यो नेप्से

काठमाडौं । लकडाउनको डरले शेयर कारोबार हुने साताको दोस्रो दिन आज सोमबार नेप्से ठूलो अंकले घटेको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से पसिुचक ६५ दशमलब ५८ अंकले ओरालो लागेर २ हजार ५ सय ६ दशमलब ६१ बिन्दुमा पुगेको छ ।
कारोबार भएका २ सय २० कम्पनीको ८६ हजार ९२ कारोबारबाट ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २ सय २ रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । कोभिड १९ को दोस्रो लहरसँगै बन्दाबन्दी÷निषेधाज्ञाको डरले सेयर बजारबाट लगानीकर्ताहरु बाहिरिन खोजेको सोमबारको कारोबारले देखिएको शेयर लगानीकर्ता नवराज अधिकारीले जानकारी दिए ।
सरकारले दोस्रो चरणको कोभिड देखिएको भन्दै आगामी १६ गतेदेखि २२ गतेसम्म लकडाउन गर्न सक्ने संकेत दिएको छ । २०७८ को शेयर कारोबार हुने पहिलो दिन बैशाख २ गते नेप्से हालसम्मकै उच्च २ हजार ७ सय ३५ दशमलब ४ विन्दूमा पुगेको थियो । कोरोनासँगै लकडाउनको त्रासले शेयर बजारमा नकारात्मक असर परेको प्रष्ट देखिएको लगानीकर्ताले दाबी गरेका छन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया