त्रिविको परीक्षा स्थगित, के भन्छन् विद्यार्थी ? (भिडियो)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रास र कोरोनाको दोस्रो लहर देखा परेसँगै सरकारले विभिन्न कार्ययोजनाहरु बनाउँदै आएको छ । ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा कोरोनाको प्रभाव बढिरहेको तथ्यांकले देखाएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण गर्न भन्दै सर्वसाधरणलाई भिडभाड नगर्ने, भौतिक दुरी कायम गर्नलगायतका मापदण्डहरु तोकेको छ । यद्यपि, यसबारे जनताले खासै चासो देखाएका छैनन् ।
कोरोनाको सन्त्रास र आक्रान्तबाट शैक्षिक क्षेत्रमा समेत ठूलो असर परेको विद्यार्थीहरुले बताएका छन् । गत बैशाख ६ गते बसेको मन्त्रीपरिषदको निर्णयले राजधानीसहित विभिन्न सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिँदै भर्चुअल पद्दतीबाट पठनपाठन गर्न उर्दी जारी गरेको थियो । यसैबीच पूर्व निर्धारित परीक्षाहरु हुने या नहुने भन्ने विषयमा विद्यार्थीहरु अन्योलमा थिए ।
तर, सोमबार गृहमन्त्रालयका गृहसचिव महेश्वर न्यौपानेसहित उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो । बैठकले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउन सोमबार साँझ बस्ने मन्त्रीपरिषदको बैठकलाई जिम्मा दिएको थियो ।
देशभर कोरोना संक्रमणको दर तीव्र गतिमा बढेसँगै त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविको निर्णयसँगै विद्याार्थीहरु मारमा परेका छन् । कोरोनाका कारण गत वर्षको साउनतिर हुनुपर्ने त्रिविमा अध्ययनरत विद्यार्थीको परीक्षा करिब एक वर्ष ढिला गरी सञ्चालन हुँदै गर्दा रोकिएको हो । गत ५ गतेदेखि सञ्चालन भएका परीक्षासहित अर्को महिनादेखि हुने परीक्षाहरु त्रिविको अर्को सुचना नहुँदासम्म स्थगित गरेको त्रिविले जनाएको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले पहाडी तथा हिमाली जिल्लामा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रिया संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा वा लकडाउन गर्न सक्ने गरी निर्णय गरेको थियो । उपत्यकाका तीनै जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा माथि रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार पाँच सय ५६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९ सय ५१ पुगेको छ । यस्तै, आज एकैदिन थप १२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या तीन हजार एक सय ७६ पुगेको छ ।
देशमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गर्दा पूर्व निर्धारित परीक्षा स्थगित हुँदा यसो भन्छन्, विद्यार्थीहरु :
भिडियोमा हेर्नुहोस्:-
















उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
प्रतिक्रिया