शनिबार, वैशाख १२, २०८३

लकडाउनकाे समयमा निःशुल्क उपचार

मेरोन्यूज २०७८ वैशाख १४ गते १९:३१

काठमाडाैं । संवेदनशील मानिने मुख स्वास्थ्य एवं दाँतसम्बन्धी विभिन्न समस्या भएका सर्वसाधारणको घरमै पुगेर निःशुल्क सेवा दिने घोषणा गरिएको छ । निषेधाज्ञाका समय ओम समाज डेन्टल हस्पिटलले कसैलाई दाँत दुखाइको पीडामा बस्न नपरोस् भनी अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्ने बिरामीको निःशुल्क उपचार गर्न लागेको हो ।

Advertisement
NiccNicc

सामाजिक कार्यका रूपमा दोस्रो पटक यो अभियान शुरुआत गरिएको हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले बताए । घरमै गएर निःशुल्क आपत्कालीन सेवाको उपचारका लागि हस्पिटलले सुविधा सम्पन्न उपकरण जडित एम्बुलेन्सको प्रयोग गर्ने उनले जानकारी दिए । यो सेवा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने बताइएको छ ।

यसका लागि बिरामीले आफ्नो सम्पर्क फोन नम्बर, ठेगाना हस्पिटलमा फोन गरी टिपाउनु पर्नेछ । ‘जसको दाँत सबल उसको जीवन सफल’ भन्ने मूल नारासहित दन्त रोगको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भनी देशैभर निःशुल्क दन्त शिविर सञ्चालन गरिरहेको तथा गत वर्षको बन्दाबन्दीको समयमा सामाजिक कार्यअन्तर्गत घरघरमा निःशुल्क उपचार सेवा दिएको हस्पिटलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया