लकडाउनकाे समयमा निःशुल्क उपचार

काठमाडाैं । संवेदनशील मानिने मुख स्वास्थ्य एवं दाँतसम्बन्धी विभिन्न समस्या भएका सर्वसाधारणको घरमै पुगेर निःशुल्क सेवा दिने घोषणा गरिएको छ । निषेधाज्ञाका समय ओम समाज डेन्टल हस्पिटलले कसैलाई दाँत दुखाइको पीडामा बस्न नपरोस् भनी अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्ने बिरामीको निःशुल्क उपचार गर्न लागेको हो ।
सामाजिक कार्यका रूपमा दोस्रो पटक यो अभियान शुरुआत गरिएको हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले बताए । घरमै गएर निःशुल्क आपत्कालीन सेवाको उपचारका लागि हस्पिटलले सुविधा सम्पन्न उपकरण जडित एम्बुलेन्सको प्रयोग गर्ने उनले जानकारी दिए । यो सेवा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने बताइएको छ ।
यसका लागि बिरामीले आफ्नो सम्पर्क फोन नम्बर, ठेगाना हस्पिटलमा फोन गरी टिपाउनु पर्नेछ । ‘जसको दाँत सबल उसको जीवन सफल’ भन्ने मूल नारासहित दन्त रोगको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भनी देशैभर निःशुल्क दन्त शिविर सञ्चालन गरिरहेको तथा गत वर्षको बन्दाबन्दीको समयमा सामाजिक कार्यअन्तर्गत घरघरमा निःशुल्क उपचार सेवा दिएको हस्पिटलले विज्ञप्तिमा उल्लेख गरेको छ ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया