राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश निर्वाचन कार्यालयको स्थापना

हेटौँडा । वाग्मती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका –४ जिल्ला निर्वाचन कार्यालय भवनमा आज प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रदेश निर्वाचन कार्यालयको आज शुभारम्भ गरेका हुन् । उनले यही वैशाख २१ गतेदेखि राष्ट्रियसभा सदस्य एक पदमा हुने निर्वाचन क्रममा यहाँ मतदाता नामावली प्रकाशन तथा नाममा संशोधन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाए । आगामी जेठ ६ गते रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचन हुँदै छ ।
स्थानीय भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनमा वाग्मती प्रदेशसभाका सदस्य ११० र प्रदेशका १३ वटै जिल्लाका ११९ स्थानीय तहका प्रमुख÷उपप्रमुख २३८ गरी कूल ३४८ मतदाता रहेको जानकारी दिए ।
तत्कालीन राष्ट्रियसभा सदस्य रामबहादुर थापा सदस्यबाट मुक्त भएपछि निर्वाचन प्रक्रिया शुरु गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार वैशाख अन्तिम सातासम्ममा निर्वाचन आयोग काठमाडौँबाट मतपत्र प्राप्त हुने छ । रासस
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया