सीसीएमसीको निर्णय अनुमोदन गर्न आज मन्त्रिपरिषद बैठक बस्दै (सीसीएमसीको निर्णय सहित)

कठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको प्रस्तावमाथि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बसने बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि चाल्नुपर्ने थप कदमका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
हिजो बसेको सीसीएमसीको बैठकले आवागमन व्यवस्थापन गर्न निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाहरु एक चौथाई शाखाहरुमा एक चौथाई कर्मचारी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यसमा राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने उल्लेख छ । अत्यावश्यक बाहेकका कार्यालयहरु एक चौथाई कर्मचारीले सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो ।
यस्तै उद्योग व्यवसायका हकमा कर्मचारी एवम श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी सञ्चालन गर्ने, कोभिड–१९ को रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक सामाग्री उत्पादन गर्ने उद्योगले स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो । सीसीएमसीले के के निर्णय गरेको थियो त ?

















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया