लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
एक घण्टा नबित्दै प्रदेश प्रमुखबाट स्वीकृत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेल विहान ९ बजे प्रदेश प्रमुख सामू राजीनामा बुझाएका हुन् ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुँदै थियो । मुख्यमन्त्री विरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूचि थियो ।
लुम्बिनी प्रदेश सभा सचिवालयमा बैशाख ६ गते ४१ जना सासंदको हस्ताक्षर सहित अबिश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यही प्रस्तावमा छलफल गर्ने गरी आज दिउसो १ बजे बिशेष अधिवेशन बोलाईएको हो ।
बैठक सुरू हुनु अघि नै उनले राजिनामा दिएका हुन । लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमत छ । ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेले अबको सरकारको नेतृत्वका लागि उनै पोखरेललाई अघि सार्नेछ ।
पोखरेलले अविश्वास प्रस्तावको सामना गर्नुभन्दा नयाँ सरकार गठन गरेर विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री दिएको राजीनामा एक घण्टा नबित्दै स्वीकृत
मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा एक घण्टा नबित्दै प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ सरकार नबनेसम्म मौजुदा सरकारलाई नै काम गर्न भनिएको छ ।

















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया