शंकरलाई साथ दिएका दुई सांसदले छोडे साथ
वुटवल । एमालेको सूर्य चिन्ह लिएर चुनाव जितेका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर विपक्षी काग्रेस–माओवादी गठवन्धनलाई साथ दिएका छन् । संघीय सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी सँगै रहेर एमालेको चुनाव चिन्हबाट प्रदेश सभा जितेका कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले पोखरेलको साथ छोडेर विपक्षी गठवन्धनलाई साथ दिएका हुन् ।
नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई वुझाएको ४२ सांसदहरुको हस्ताक्षरमा ति दुई सांसदले पनि हस्ताक्षर गरेका छन् ।
सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका हुन् ।
शाहीले सूर्य चुनाव चिन्हबाट चुनाव लडेपनि आफूहरु एमाले नभएको जिकिर गरेका छन् । एमाले नभएकै कारण आफुहरुको पद नजाने पनि उनको जिकिर छ ।
तर एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले भने पदवाटै राजीनामा दिएका छन् ।
कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । यो सँगै मुख्यमन्त्री पोखरेलको पून नियुक्ति विवादमा परेको छ ।
प्रतिक्रिया