शंकरलाई साथ दिएका दुई सांसदले छोडे साथ

वुटवल । एमालेको सूर्य चिन्ह लिएर चुनाव जितेका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर विपक्षी काग्रेस–माओवादी गठवन्धनलाई साथ दिएका छन् । संघीय सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी सँगै रहेर एमालेको चुनाव चिन्हबाट प्रदेश सभा जितेका कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले पोखरेलको साथ छोडेर विपक्षी गठवन्धनलाई साथ दिएका हुन् ।
नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई वुझाएको ४२ सांसदहरुको हस्ताक्षरमा ति दुई सांसदले पनि हस्ताक्षर गरेका छन् ।
सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका हुन् ।
शाहीले सूर्य चुनाव चिन्हबाट चुनाव लडेपनि आफूहरु एमाले नभएको जिकिर गरेका छन् । एमाले नभएकै कारण आफुहरुको पद नजाने पनि उनको जिकिर छ ।
तर एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले भने पदवाटै राजीनामा दिएका छन् ।
कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । यो सँगै मुख्यमन्त्री पोखरेलको पून नियुक्ति विवादमा परेको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया