कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारियो
मेरोन्यूज
२०७८ वैशाख २२ गते २१:१९

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि उपचाररत रहेकी पूर्वरानी कोमल शाहलाई सघन उपचार कक्ष (आईसीयू) बाट नर्मल वार्डमा सारिएको छ। नर्भिक अस्पतालले बुधबार एक विज्ञप्ति जारी कोरोना भाइरस संक्रमणपछि १२ दिन अगाडि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई आज आईासीयूबाट नर्मल वार्डमा सारिएको जनाएको छ ।
कोरोना संक्रमणबाट स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबारदेखि शाहको प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो।
गत बिहीबारदेखि आईसीयूमा नै राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार आएपछि नर्मल वार्डमा सारिएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमणपछि नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जानकारी दिएको छ।
सम्बन्धित
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया