मंगलबार, चैत २४, २०८२

न्युनतम पारिश्रमिक वृद्धिले समस्यामा पारेको उद्योगी व्यवसायीको आरोप

मेरोन्यूज २०७८ वैशाख २३ गते १६:५७


काठमाडौं । न्युनतम पारिश्रमिक वृद्धिले उद्योगी व्यवसायी समस्यामा परेको निजी व्यवसायी संघ संस्थाले जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आज बिहिबार सरकारले एकलौटी रुपमा न्यूनतम पारिश्रमिक तोकेकोमा सार्वजनिक रुपमै असन्तुष्टी जनाएका छन् ।
तीनै संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कोभिडले संकटमा परेका उद्योगी व्यवसायीलाई सरकारको निर्णयले मर्माहत बनाएकोमा दुख्ख व्यक्त गरेका छन् ।
ति संस्थाहरुले संकटको समयमा आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा पनि सरकारको हस्तक्षेप नहोस भन्ने निजी क्षेत्रले चाहेको उल्लेख गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

तीन संस्थाले चालु बर्षको मौद्रिक नीति मार्फत घोषणा भएको व्यवसाय निरन्तरता कर्जाको निराशाजनक कार्यान्वयनले सरकारी राहत पाउन नसकिरहेको अवस्थामा पारिश्रमिक तोक्ने व्यवस्थाले समस्यामा पारेको भन्दै दुख व्यक्त गरेका छन् । सरकारले गत २० गते राजपत्रमा सूचना प्रकाशित गरी न्युनतम पारिश्रमिक बृद्धिबारे निर्णय गरेको थियो । कोभिडको दोस्रो लहर शुरु भएर मुलुकको अधिकांश भागमा रहेका उद्यम व्यवसाय बन्द रहेको अवस्थामा सरकारबाट जारी भएको सूचनाले अचम्मित बनाएको तीन वटै संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अहिले मुलुकका ५६ वटा जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा / लकडाउन जारी छ ।

यी जिल्लाहरूमा संचालित सात लाखभन्दा बढी व्यवसाय प्रभावित बनेको बिज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञाको अवधि बढदै जाँदा यी व्यवसायी थप प्रभावित हुँदै जानेछन । यीमध्ये अधिकांश साना तथा मझौला व्यवसायी भएकाले उनीहरूको दैनिक खर्च संचालन समेत कठिन हुन गएकोमा तिनै संस्थाले चिन्ता व्यक्त गरेका छन् ।
आर्थिक बर्ष २०७८/ ७९ को साउनदेखि लागु हुने गरि भएको पारिश्रमिक वृद्धिको निर्णय सरकारले गरेको हो । ब्यवसायिक संगठनले ’कोभिडको दोस्रो लहर लम्बिदै गएर उद्यम व्यवसाय संचालन गर्न सक्ने अवस्था नभएमा कार्यान्वयन गर्न कठिन हुने’ जनाएका छन् ।
‘कोभिडबाट एक बर्षभन्दा बढि समयदेखि प्रभावित पर्यटन एवं आश्रित उद्योग र साना तथा मझौला उद्यमीलाई थप आहत पार्ने देखिएको छ। अहिले धेरै पर्यटन सम्वद्ध व्यवसायीले काम नभएको अवस्थामा कर्मचारीलाई आपसी सहमतिमा पारिश्रमिक दिइरहेका छन्,’ विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया