देउवा भेटेर माधव नेपाल शीतल निवासमा

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपति भेट्न शीतल विनस पुगेका छन् । एमालेमा माधव नेपालले के ‘स्टेप’ चाल्लान् भन्ने अनिश्चय रहिरहेका बेला उनी राष्ट्रपति निवास पुगेका हुन् ।
देउवा र नेपालबीच एक्लाएक्लै भेट भइरहेका बेला बीचमा नेता भीम रावल पनि थपिएका थिए । दिउँसो नै मेरियट होटलमा विष्णु पौडेललगायत टोलीसँग माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण विष्टका बीचमा भेटवार्ता भएको थियो ।
नेपाल पक्षले सामूहिक राजीनामा दिन सक्ने, वाग्मती प्रदेशको राष्ट्रिय सभा चुनावमा एमाले उम्मेदवारलाई मत नदिन सक्ने देखेपछि आउने अप्ठयाराका विषयमा माधव नेपाल पक्षका नेतासँग ओली पक्षका नेताले सम्वाद बढाएका हुन् । त्यही क्रममा आज मेरियट होटलमा विष्णु पौडेलले नेपाल पक्षीय नेता पाण्डे र विष्टसँग भेटवार्ता गरेका हुन् । हिजो मात्रै इश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग सम्वाद गरेका थिए ।
यी दुवै सम्वादमा कुनै निश्कर्ष भने निस्केको छैन । नेता सुरेन्द्र पाण्ण्डेले छलफलको सुरुआत भएको र सवै विषयमा कुरा भएपनि निश्कर्ष निस्कने गरी कुराकानी नभएको बताए । ‘हामीबीच करिब एक घण्टा लामो वार्ता भएको छ । यसलाई हामीले कुराकानीको शिलान्यास भनेका छौँ। अहिलेलाई राम्रो नराम्रो केही नभनौँ तर शिलान्यास अर्थात् सुरुवात भएको छ। हामी छलफलमै छौँ- पाण्डेले भने ।
नेपाल राष्ट्रपति भेट्न पुगेसँगै नेपाल पक्षलाई फकाउन ओली पक्षले राष्ट्रपतिलाई समेत आग्रह गरेको बुझिएको छ । आजै दिउँसो मात्रै एमाले बैठकलगत्तै ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । नेपाल राष्ट्रपतिले नै निम्तो गरेर भेट्न गएका हुन् ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया