देउवा भेटेर माधव नेपाल शीतल निवासमा

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपति भेट्न शीतल विनस पुगेका छन् । एमालेमा माधव नेपालले के ‘स्टेप’ चाल्लान् भन्ने अनिश्चय रहिरहेका बेला उनी राष्ट्रपति निवास पुगेका हुन् ।
देउवा र नेपालबीच एक्लाएक्लै भेट भइरहेका बेला बीचमा नेता भीम रावल पनि थपिएका थिए । दिउँसो नै मेरियट होटलमा विष्णु पौडेललगायत टोलीसँग माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण विष्टका बीचमा भेटवार्ता भएको थियो ।
नेपाल पक्षले सामूहिक राजीनामा दिन सक्ने, वाग्मती प्रदेशको राष्ट्रिय सभा चुनावमा एमाले उम्मेदवारलाई मत नदिन सक्ने देखेपछि आउने अप्ठयाराका विषयमा माधव नेपाल पक्षका नेतासँग ओली पक्षका नेताले सम्वाद बढाएका हुन् । त्यही क्रममा आज मेरियट होटलमा विष्णु पौडेलले नेपाल पक्षीय नेता पाण्डे र विष्टसँग भेटवार्ता गरेका हुन् । हिजो मात्रै इश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग सम्वाद गरेका थिए ।
यी दुवै सम्वादमा कुनै निश्कर्ष भने निस्केको छैन । नेता सुरेन्द्र पाण्ण्डेले छलफलको सुरुआत भएको र सवै विषयमा कुरा भएपनि निश्कर्ष निस्कने गरी कुराकानी नभएको बताए । ‘हामीबीच करिब एक घण्टा लामो वार्ता भएको छ । यसलाई हामीले कुराकानीको शिलान्यास भनेका छौँ। अहिलेलाई राम्रो नराम्रो केही नभनौँ तर शिलान्यास अर्थात् सुरुवात भएको छ। हामी छलफलमै छौँ- पाण्डेले भने ।
नेपाल राष्ट्रपति भेट्न पुगेसँगै नेपाल पक्षलाई फकाउन ओली पक्षले राष्ट्रपतिलाई समेत आग्रह गरेको बुझिएको छ । आजै दिउँसो मात्रै एमाले बैठकलगत्तै ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । नेपाल राष्ट्रपतिले नै निम्तो गरेर भेट्न गएका हुन् ।















प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया