शनिबार, मंसिर २९, २०८१

गृह प्रशासनको समन्वयमा १ हजार ८१६ थान अक्सिजन सिलिण्डर संकलन

मेरोन्यूज २०७८ वैशाख २४ गते १९:१०

काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवं विश्वसनीय तुल्याउन सरकार सक्रियताका साथ लागेकोे जनाएको छ ।

Advertisement

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने कार्यमा सरकार जुटेको जनाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतःस्फूर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भइरहेको छ । आज मात्रै १ हजार ८१६ थान अक्सिजन सिलिण्डर संकलन भएको छ । अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा वितरण गरिएको छ ।

मन्त्रालयले स्वतःस्फूर्त अक्सिजन यसरी स्वतःस्फुर्त रुपमा उपलब्ध गराउनुहुने सबै उद्योग, व्यवसाय तथा व्यक्तिलाई धन्यवाद दिएको छ ।
अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको मन्त्रलायले जनाएको छ ।

मन्त्रालयले संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन र आपूर्तिलाई सहज बनाउन सबैले अस्पतालबाहेक अन्य प्रयोजनमा विभिन्न उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराई सहयोग गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया