प्रधानमन्त्री ओलीलाई माधव नेपालले दिए १३ घण्टे अल्टिमेटम

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहले १३ घण्टाको अल्टिमेटम दिएको छ । स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन अल्टिमेटम दिएको हो ।
आजै नेता नेपाल र ओली पक्षका नेताहरू सुवास नेम्बाङ र विष्णु पौडेलबीच सिंहदरबारमा छलफल गरेका थिए ।
नेता नेपाल पक्षले शनिबार साँझ बैठक बसेर आइतबार आफू पक्षका सांसदहरूले सामूहिक राजीनामा बुझाउने भनिएको थियो । तर, आज भर्चुअल बैठक बैठक गरेर ओलीलाई अल्टिमेटम दिने निर्णय गरेको थियो । नेता नेपालले आफू पक्षका नेताहरूसँग बैठक सकेर ओलीले दूतका रुपमा पठाएका नेम्वाङ र पौडेलसँग सिंहदरबारमा छलफल गरेका थिए ।
जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिई तटस्थ बस्ने निर्णय गरेसँगै ओलीलाई बहुमत नपुग्ने भएपछि राजीनामा के गर्ने भन्ने विषयले नेपाल समूहभित्र प्रवेश पाएको हो ।
नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नजुट्ने देखेपछि आफ्ना पक्षले राजीनामा नबुझाउने करिव निष्कर्ष निकालेको हो । यद्यपि, भोलिसम्म पनि ओली सहमतिमा आउने र एमालेको एकता जोगाउने नदेखेमा बिहान पहिलो चरणमै राजीनामा बुझाउने बताए ।
नेपाल समूहका प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले हस्ताक्षर गरेर राजीनामा बुझाइसकेका छन् । ‘हामीले त राजीनामामा हस्ताक्षर गरेर माधव नेपाललाई बुझाई सकेका छौँ, अब उहाँले भोलि बिहानसम्मको अवस्था हेर्नुहुन्छ, त्यसपछि निर्णय हुन्छ,’ नेपाल पक्षका अर्का एक सांसदले भने ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया