प्रधानमन्त्री ओलीलाई माधव नेपालले दिए १३ घण्टे अल्टिमेटम

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहले १३ घण्टाको अल्टिमेटम दिएको छ । स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन अल्टिमेटम दिएको हो ।
आजै नेता नेपाल र ओली पक्षका नेताहरू सुवास नेम्बाङ र विष्णु पौडेलबीच सिंहदरबारमा छलफल गरेका थिए ।
नेता नेपाल पक्षले शनिबार साँझ बैठक बसेर आइतबार आफू पक्षका सांसदहरूले सामूहिक राजीनामा बुझाउने भनिएको थियो । तर, आज भर्चुअल बैठक बैठक गरेर ओलीलाई अल्टिमेटम दिने निर्णय गरेको थियो । नेता नेपालले आफू पक्षका नेताहरूसँग बैठक सकेर ओलीले दूतका रुपमा पठाएका नेम्वाङ र पौडेलसँग सिंहदरबारमा छलफल गरेका थिए ।
जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिई तटस्थ बस्ने निर्णय गरेसँगै ओलीलाई बहुमत नपुग्ने भएपछि राजीनामा के गर्ने भन्ने विषयले नेपाल समूहभित्र प्रवेश पाएको हो ।
नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नजुट्ने देखेपछि आफ्ना पक्षले राजीनामा नबुझाउने करिव निष्कर्ष निकालेको हो । यद्यपि, भोलिसम्म पनि ओली सहमतिमा आउने र एमालेको एकता जोगाउने नदेखेमा बिहान पहिलो चरणमै राजीनामा बुझाउने बताए ।
नेपाल समूहका प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले हस्ताक्षर गरेर राजीनामा बुझाइसकेका छन् । ‘हामीले त राजीनामामा हस्ताक्षर गरेर माधव नेपाललाई बुझाई सकेका छौँ, अब उहाँले भोलि बिहानसम्मको अवस्था हेर्नुहुन्छ, त्यसपछि निर्णय हुन्छ,’ नेपाल पक्षका अर्का एक सांसदले भने ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया