सकियो नेपाल समूहले पार्टी अध्यक्ष ओलीलाई दिएको समयसीमा

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले दिएको १३ घण्टाको अल्टिमेटम समाप्त भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खनाल- नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिवद्धता खोजेको थियो ।
यसैगरी, नेपाल समुहले शनिबार साँझ बैठक बसेर आइतबार आफू पक्षका सांसदहरूले सामूहिक राजीनामा बुझाउने भनिएको थियो । तर, आइतबार भर्चुअल बैठक गरेर ओलीलाई अल्टिमेटम दिने निर्णय गरेको थियो । नेता नेपालले आफू पक्षका नेताहरूसँग बैठक सकेर ओलीले दूतका रुपमा पठाएका नेम्वाङ र पौडेलसँग सिंहदरबारमा छलफल गरेका थिए ।
नेपालले पार्टी अध्यक्ष ओलीलाई गए राति ११ बजे ६ बुँदे पत्र पठाएका थिए । सोमबार विहान नौ बजेसम्म पनि पार्टी अध्यक्ष ओलीले आफ्ना माग सम्बोधन नगरे तत्काल बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने नेपाल समूहले चेतावनी दिएको थियाे ।
थप याे पनि पढ्नुहाेस्
मध्यरातमा ओलीलाई पठाए नेपालले ६ बुँदे पत्र
https://meronews.com/2021/05/41213.html















नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा
वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया