चन्द्रागिरिमा जेठ १ देखि १०० शैय्याको आइसोलेशन सेन्टर

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो ।
अक्सिजनसहितको ३० शैय्याबाट १०० शैय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । नगरको सामाजिक विकास समितिका संयोजक खड्काले सो वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने पनि बताए ।
सो सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको समूहले आइसोलेशनमा २४ सै घण्टा सेवा प्रदान गर्ने र बिरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि समन्वय गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जानकारी दिए ।
नगरपालिकामा हालसम्म दुई हजार ६६३ सङ्क्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ । हाल चन्द्रागिरी नगरपालिकामा ३९० सक्रिय सङ्क्रमित छन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया