कांग्रेसको पदाधिकारी बैठक बस्दै, नयाँ सरकारबारे छलफल हुने
मेरोन्यूज
२०७८ वैशाख २८ गते ११:४५

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले दिउँसो तीन बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले कांग्रेसको बैठक बस्न लागेको छ । पार्टीको पदाधिकारी बैठकपछि कांग्रेसले अन्य दलसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको विशेष बैठकबाट विश्वासको मत गुमाएसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।
सम्बन्धित










६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया