कालिमाटी फलफूल तथा तरकारी बजार बन्द

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार आजबाट बन्द भएको छ । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्न लागिएको हो ।
समितिको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द हुने भएका हुन् । कृषक बजार मंगलबारदेखि बन्द गरिने छ । खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ । थोक बजारमा हुने कारोबार बुधबारदेखि बन्द हुने समितिको सूचनामा भनिएको छ । थोक बजारमा प्याकेजिङ गरेर बिक्री वितरण गर्न पाइने जनाएको छ ।
थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न समितिले आग्रह गरिहेको छ । ठूला कृषकहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्नेछन् । बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन । यसअघि बजार बिहान ३ बजेदेखि ९ बजेसम्म खोल्न दिइएको थियो ।
















अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया