एनएसएल फुटबलको दोस्रो प्लेअफमा आज ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ ५ः३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छन् ।
पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले इलिमिनेटर खेल्ने मौका पाएको हो ।
लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।
आजको खेलको विजेताले फाइनल प्रवेशका लागि इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।
लिग चरणको भेटमा बुटवलविरुद्ध ललितपुरले बाजी मारेको थियो । त्यसैले प्लेअफमा बुटवल ललितपुरविरुद्ध लिग चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
पहिलो खेलमा पोखरा थण्डर्सलाई पराजित गरेको बुटवलले अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै हेड टु हेडुमा पोखरालाई पछाडी पारेर शीर्ष चारमा स्थान बनाएको थियो ।
यता, पछिल्ला दुई खेलमा शतप्रतिशत जित निकाल्दै प्लेअफमा स्थान बनाएको ललितपुर बुटवलविरुद्ध जित निकाल्दै लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।


















बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया