गृह मन्त्रालयको पहलमा स्काइट्रकमा ६० सिलिण्डर अक्सिजन काठमाडौं ल्याइयो
मेरोन्यूज
२०७८ वैशाख ३० गते २२:१५

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि गृह मन्त्रालयको पहलमा ६० सिलिण्डर अक्सिजन ग्यास काठमाडौं ल्याइएको छ ।
सुनसरी जिल्लाबाट सेनाको स्काइट्रकमा ६० सिलिण्डर अक्सिजन काठमाडौं ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।
देशभरीबाट संकलन गरिएको अक्सिजन सिलिण्डर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मार्फत वितरणको व्यवस्था मिलाइएको छ ।
कोरोना संक्रमितको उपचारमा अक्सिजनको कमी हुन नदिन हरसम्भव प्रयास भइरहेको जनाउँदै गृह मन्त्रालयले अस्पतालबाहेक अन्य प्रयोजनमा रहेका अक्सिजन सिलिण्डर सरकारलाई बुझाउन पनि गृह मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया