प्रधानमन्त्री ओलीको सपथ ग्रहण दिउँसो साढे २ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिंदै छन् । तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष ओलीले आज दिउँसो साढे २ बजे पद तथा गोपनियताको सपथ लिने तयारी भएको हो ।
राष्ट्रपति कार्यालयमा दिउँसो साढे २ बजे सपथ ग्रहणको तयारी भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सपथका लागि प्रधानमन्त्री ओलीको मात्रै नाम प्राप्त भएको उनले जानकारी दिए । यद्धपी मन्त्रीलाई पनि राष्ट्रपतिले नै सपथ गराउने भएकाले केही मन्त्रीले आजै सपथ लिने सम्भावना छ ।
यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार संसदमा प्रतिनिधित्व गर्ने ठू्रलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नपरेपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ। प्रतिनिधि सभामा विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन् ।
यसअघि वैशाख २७ गते संसदमा विश्वास गुमाएपछि उनी पदमुक्त भएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा एमालेका ९३ सांसदले पक्षमा मत दिएका थिए ।
कांग्रेस, माओवादी केनद्र, र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षका १२४ सांसदले विपक्षमा मत दिएका थिए । जसपा कै महन्थ ठाकुर राजेन्द्र महतो समूह भने तटस्थ बसेको थियो ।
२०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका ओली निरङ्कुश भएको भन्दै विपक्षी दलहरुले विरोध गरेका हुन् ।
ओलीले संसदमा विश्वास गुमाएसँगै विपक्षी दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूहले नयाँ सरकार गठनका लागि पहल गरेका थिए । यद्धपी बहुमत पुर्याउन नसक्दा पछि हटेका हुन् ।















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया