धनगढीलाई पराजित गर्दै काठमाडौं नेपाल सुपर लिगको च्याम्पियन

काठमाडाैं । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी मेसौके ओलोमोउले निर्णायक गोल गरेका हुन् । उनले खेलको २१ मिनेटमा सो गोल गरेका थिए ।
ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बने । उपाधिसँगै काठमाडाैंले रु ३५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता धनगढीले रु १५ लाख प्राप्त गरेको छ । खेलको २९ औंँ मिनेटमा ओलोमोउको फ्रिकिक प्रहार गोलपोष्ट नजीकैबाट बाहिरिएको थियो ।
खेलको ३० औंँ मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल गर्नबाट चुके । पहिलो हाफको इन्जुरी समयमा पनि काठमाडौंका ओलोमोउले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन । मध्यान्तरपछि खेलको ५५ औंँ मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडाैंका गोलकिपर विकेश कुथुले जोगाए ।
नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए । कोभिड –१९ का कारण प्रतियोगितामा दर्शकलाई खेलको अवलोकन गर्न अनुमति दिइएको थिएन ।
यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा काठमाडाँैं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए ।

















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया