आजको राशिफल : ज्येष्ठ २ गते आइतबार
ज्यो. गुरु दिवाकर पन्त

आज २०७८ साल ज्येष्ठ महिनाको २ गते आइतबार, वैशाख शुक्लपक्षको चतुर्थी तिथि । आज जगतगुरु शंकराचार्य जयन्ती तथा रामानुजाचार्य जयन्ती रहेको छ ।
मेष
पेशा ब्यवसायमा सकारात्मक हुने छ । आम्दानीमा पनि सन्तोषजनक अवस्था नै हुने देखिन्छ । परिवारप्रति समर्पित हुने स्वाभाव हुने छ । बोलीमा भने कडा शैली हुने भएकाले यसबारेमा ध्यान दिनु होला । राजनीति, न्याय, प्रशासन, अध्यापन, दार्शनिक क्षेत्र, उद्योग कलकारखाना, सिमेण्ट, छड-डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय अनुकुल देखिन्छ ।
वृष
समय सकारात्मक रहेको छ । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा आफू अनुकुल अवस्था निम्तिने छ । दृढ खालको ब्यक्तित्व हुने भए पनि मनमा विचार छिनछिनमा परिवर्तन भइरहने छ । यसले दुबिधामा पार्ने छ । सूचना प्रविधि, ब्यवस्थापन, राजनीति, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुका लागि फाइदा मिल्ने समय छ ।
मिथुन
परिवारका सदस्यहरुले तपाईप्रति विश्वास गर्ने छन्, ध्यान दिने छन्, माया गर्ने छन् । मनोबल उच्च हुने छ । तर रिस धेरै उठ्न जाने भएकाले संयम रहने प्रयास गर्नुहोला । भाग्यको साथ नरहेकाले कठिनाई र असजिलो परिस्थितिसँग जुध्नु पर्ने बाध्यता आइ लाग्ने छ । ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखाना आदी जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि समय प्रतिकुल देखिएको छ ।
कर्कट
समय अलि प्रतिकुल रहेकाले धैर्य भएर रहनु होला । पेशागत जीवनमा समस्या आउने छ । पेशा तथा ब्यवसाय सम्बन्धी विषयमा अवरोधहरुको सामना गर्नु पर्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा पनि समस्याहरु देखा पर्ने छन् । सन्तानको तर्फबाट सुख प्राप्त हुने छैन् । ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय केही शुभ रहेको छ । अरुको हकमा औसत समय सक्रिय छ ।
सिंह
कर्मशिलतामा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले समय प्रतिकुल हुने छैन् । आम्दानीमा बृद्धि हुने छ । लक्ष्मी र नारायणको आशिर्वाद रहेकाले पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार, वाणिज्य, ब्यवसाय, किराना पसल गर्नेहरुलाई लाभ प्राप्त हुने छ ।
कन्या
समय सकारात्मकतर्फ ढल्केको छ । भाग्यको साथ भएकाले असजिलोसँग जुध्ने पर्याप्त तागत प्राप्त हुने छ । पेशागत जीवन र ब्यवसायीक गतिबिधीमा सफलता प्राप्त हुने छ । समस्याहरु समाधानतर्फ जाने छन् । सेक्युरिटि सेवा, सेना, प्रहरी, सुरक्षा फौज, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई समय प्रतिकुल रहेको छ । किराना पसल, आयात निर्यात, पानी, दुध, आइसक्रिम जस्ता ब्यवसायमा लागेकाहरुलाई भने केही फाइदा मिल्ने छ ।
तुला
समय अलि प्रतिकुलता तर्फ केन्द्रीत रहेकाले संयम रहनु होला । परीवारिक सदस्यहरुका बीचमा द्वन्द देखा पर्नेछ । नेतृत्व क्षमतामा कमि आउने भएकाले अरुको विश्वासमा पनि कमि आउने छ । आम्दानीमा कमि आउने छ भने भएका आम्दानी अनावश्यक ठाउँमा खर्च नगरी नहुने अवस्था आउने छ । कार्यालयमा विभिन्न समस्याहरु देखा पर्ने छ ।
वृश्चिक
मनमा नकारात्मक विचारले सताउने छ, उदासिनता बढ्ने छ । झुम्म भएको जस्तो लाग्ने छ, फ्रेस नभएको जस्तो भइरहने छ । दाम्पत्य जीवन औसत शुभ नै देखिएता पनि अनुमान नै नगरिएका विषयमा झै-झगडा निम्तिने भएकाले संयमताको खाँचो छ । कोल्ड ड्रिङ्स, आइसक्रिम, पानी, दुध, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको देखिन्छ ।
धनु
बोलीमा अनावश्यक कडापन आउने भएकाले यसबारेमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुको साथले दृढता बढ्न जाने छ । लेनदेनमा विवाद हुने समय छ । छोटो-छोटो यात्रा गर्नु पर्ने परिस्थिति सक्रिय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु निम्तिने छ । भाग्यको साथ कम रहेकाले विचार गरेर मात्र अघि बढ्नु होला । धेरै चुनौतिले भरिएका कामहरु थाल्ने समय छैन् ।
मकर
समय सकारात्मक देखिन्छ । दृढ ब्यक्तित्व हुने छ । परिवारको साथ पाइने भएकाले कार्यसम्पादनमा मद्धत पुग्ने छ । तर आम्दानी तथा लिइएका लक्ष्य प्राप्तिमा केही ब्यवधानको सामना गर्नु पर्नेछ । सरसापटी दिइएका रकमका विषयमा बिबाद हुन जाने छ । तरकारी, किराना पसल, दैनिक उपभोग्य सामान, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल देखिन्छ ।
कुम्भ
भायको साथ रहेकाले सुख सुविधा उपलब्ध हुने छ । धर्म अध्यात्मतर्फ विश्वास बढ्न जाने छ । भगवानप्रतिको आस्था पनि बृद्धि हुने छ । जीवनसाथिको साथसहित काम गरेमा उन्नति हुने छ । साझेदारीका कामहरुबाट नतिजा प्राप्त हुनेछ, अनुकुल रहने छ । बैंकिङ्ग, बीमा, राजनीति, प्रशासन, सूचना प्रविधि जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल छ ।
मीन
भाग्यको साथ कम रहेकाले नतिजाहरु आउन समय लाग्ने छ । मेहनत र पराक्रम गर्ने विषयमा अल्छि लाग्ने स्वाभाव बन्ने छ । मनमा अन्योलता बढ्ने छ, त्यसले गर्दा ब्यक्तित्वमा क्षय हुने छ । अनावश्यक विषयमा फस्ने वा केन्द्रित हुनु पर्ने बाध्यता आइलाग्ने छ । आम्दानीमा हुने केही सकारात्मकताले भने केही थोरै राहत दिने छ । पेशा ब्यवसायमा कठिनाईहरु आउने भएकाले दृढतासहित पाइला चाल्नु पर्ने छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८)
















तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया