राष्ट्रिय सभा उपनिर्वाचन
नेपाल समुहको कित्ता क्लियर : एमाले भएर एमालेकै उम्मेदवारलाई मतदान
माधव नेपाल समुहका नेता जीवनराम श्रेष्ठ भन्छन् : एमाले भएर हामीले खिमलाल देवकोटालाई सहयोग गर्न सक्दैनौं

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुहले अन्ततः पार्टी विवाद समाधानको दिशामा गएपछि राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेकै उम्मेदवारलाई मतदान गर्ने भएका छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा बाग्मति र लुम्बिनी प्रदेशमा रिक्त रहेका दुई सिटमा निर्वाचन हुँदैछ । बाग्मतिमा जेष्ठ ६ गते र लुम्बिनीमा जेठ १७ गते उपचुनाव हुँदैछ ।
बाग्मति प्रदेशमा एमाले नेता माधव नेपालकै प्रस्तावमा कांग्रेस र माओवादी केन्द्रले डा खिमलाल देवकोटालाई साझा उम्मेदवारका रुपमा अगाडी सारेका थिए । एमालेले भने गृहमन्त्री रामवहादुर थापा (बादल) लाई उम्मेदवार बनाएको थियो ।
एमालेको नेपाल समुह ओलीसाग चिढिरहेका बेला नेपाल समुहकै नेताका रुपमा माओवादी र कांग्रेसले समेत थापाविरुद्ध देवकोटालाई अगाडी सारेका थिए । तर एमालेभित्रको विवाद २०७५ जेठ २ कै आसपासमा रहेर कार्यदल मार्फत टुग्गाउने समझदारीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल पुगेपछि गठवन्धनका उम्मेदवारलाई धक्का लागेको छ ।
अव एमालेको नेपाल पक्षले पनि एमाले भएर एमालेकै उम्मेदवार थापालाइ मतदान गर्ने स्पष्ट गरिसकेको छ ।
यो हुँदा थापा बलियो उम्मेदवार बनेका छन् ।
नेपाल समुहका नेता जीवनराम श्रेष्ठले भने, -‘खिमलालजीको उम्मेदवारी एमालेसँग सम्बन्धित विषय होइन । उहाँ विपक्षी दलहरूको साझा उम्मेदवार हुनुहुन्छ । प्रस्तावक र समर्थक नै कांग्रेस र माओवादी भएर उम्मेदवारी दर्ता गराउनुभएको छ । हाम्रो सद्भाव रहनु एउटा कुरा हो, हामी एमाले भएर उहाँलाई समर्थन गरेका थिएनौँ, गर्न सक्दैनौँ । हाम्रो बाग्मति प्रदेशमा उम्मेदवार रामवहादुर थापा (बादल) जी हुनुहुन्छ । हामीले मतदान एमालेकै उम्मेदवारलाई गर्ने प्रष्टै छ ।’
प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेर विपक्षी गठवन्धनसँग नजिक रहेका बेला नेपाल समुहले आफनो प्रस्तावमा कांग्रेस माओवादी भागवन्डामा माओवादीका तर्फबाट स्वतन्त्र उम्मेदवारका रुपमा डा खिमलला देवकोटालाई उम्मेदवारका रुपमा अगाडी सारेका थिए ।
नेपाल समुहले विपक्षी गठवन्धनलाई सहयोग गरेको अवस्थामा एमालेका उम्मेदवार थापालाई असजिलो पर्ने अवस्था थियो । तर अव एमालेको नेपाल समुहले पनि पार्टीका उम्मेदवार गृहमन्त्री थापालाई नै मतदान गर्ने स्पष्ट लाइन दिएपनि अन्य सवै गठवन्न मिल्दा पनि एमाले उम्मेदवार थापा सवैभन्दा बलियो उम्मेदवार बनेका छन् ।
बाग्मति प्रदेशमा एमाले एक्लैको प्रदेश सभा सदस्य र स्थानिय तहका प्रम्ुख उपप्रमुखको मात्र मतभार पाँच हजार ८२ हुन्छ । यो संख्या एमालेका प्रदेश सांसद पशुपति चौलागाईको निधन भएपछि उनको मतभार घटाएर आउने संख्या हो । एमाले एक्लैसँग प्रदेश सभामा ५६ (पशुपति चौलागाईंको निधन भएसँगै उनलाई जोडिएको छैन) र स्थानीय तहमा एक सय ३३ जना मतदाता छन् ।
प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ ।
त्यस्तै कांग्रेससँग प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २२ सय ८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हुन आउँछ । एमाले एकढिक्का हुँदा गृहमन्त्री थापाको जित सुनिश्चित हुन्छ ।
थापालाई राप्रपाले पनि सघाउने समझदारी गरिसकेको छ । राप्रपाका तीन अध्यक्षमध्येका एक डा प्रकाशचन्द्र लोहनीले एमालेले आफुहरुसँग मत मागिनसकेको तर मागेको ख०डमा सहयोग गरेर जान सकिने विषयमा अध्यक्षहरुका वीचमा छलफल चलेको बताए । ‘उहाहरुले –एमाले) हामीसँग मत मागिसक्नुभएको त छैन, तर मागेको खण्डमा के गर्ने भन्नेमा छलफल चलेको छ । सहयोग गरेर जान सकिन्छ भन्ने छ, हेरौं, छलफलकै क्रममा छौं,’ डा लोहनीले मेरोन्यूजसँग भने ।
नेपाल समुहले समेत पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने बताएपछि विपक्षी गठवन्धनका उम्मेदवार डा देवकोटा अप्ठायारोमा परेका छन् ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया