ओलीलाई मध्यरात बालुवाटारमा भेट गरेको बाबुरामकै खुलासा
भट्टराई भन्छन् : राष्ट्रिय सरकार बनाउन गरेको प्रस्ताव ओलीले नमानेपछि अरूलाई नभनेको हुँ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेको खुलासा भएको छ ।
भट्टराईले राती ओलीलाइ बालुवाटार गएर भेट गरेका थिए । उनले आफुले ब्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन प्रस्ताव राखेको तर ओलीले नमानेको खुलासा आफैले गरेका हुन् ।
डा. भट्टराईले आइतबार विहानै सामाजिक सन्जल ट्वीटरमार्फत् ओलीसँगको भेटको पुष्टि गदै त्यस्तो प्रस्तावको पनि खुलासा गरेका हुन् । भट्टराईले लेखेका छन्,-‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।’
भट्टराईले अझै पनि धारा ७६(५)बमोजिम राष्टिय सहमतिको सरकार बनाउन सकिने बताएका छन् । उनले दलहरुलाई पनि त्यसतर्फ सोभ्न आग्रह गरेका छन् ।
चार दिन अगाडी मात्रै डा भट्टराईले देशको संकट हल गर्न यसो गरौं भन्दै चार वुादे प्रस्ताव अगाडी सारेका थिए ।
उनले धारा ७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन, दलका प्रमुखरपूर्व प्रम रहेको निर्देशक समिति बनाउन, साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण, TRC मुद्दा,संविधान संशोधन,आर्थिक राहत दिन) र एक बर्षभित्र चुनाव गराउनु पर्ने प्रस्ताव अगाडी सारेका थिए ।
तर त्यसबेला कांग्रेस सभापति शेरवहादुर देउवा विपक्षी गठवन्धनको तर्फबाट सरकार बनाउन कस्सिरहेका बेला डा. भट्टराईको त्यस्तो प्रस्ताब सार्वजनिक भएको थियो । तर उनले त्यस्तो प्रस्ताव सार्वजनिक गरेको अघिल्लो रात प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पुगेर भेट गरेको खुलासा भएको छ ।
ओली निकट एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि डा. भट्टराई ले पनि ओलीसँगको भेटको पुष्टि गदै ओलीसँग राखेको प्रस्ताव खुलासा गरेका हुन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया