शुक्रबार, फागुन १, २०८२

दश दिनअगाडि प्रचण्डले के पठाए नेताहरूलाई सर्कुलर (सर्कुलरसहित)

मेरोन्यूज २०७८ जेठ २ गते १७:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको माओवादी पार्टी कस्तो बनाउने सुझाव माग्दै स्थायी समितिले विधानको व्यवस्थाका बारेमा पार्टी पंक्तिलाई आन्तरिक सर्कुलर गरेका छन् । दश दिनअगाडि उनले पार्टीका केन्द्रीय सदस्यहरूसम्मलाई त्यस्तो आन्तरिक सर्कुलर गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी प्रमुखको कार्यकारी पदमा रहनका लागि उमेरको हद राख्ने वा नराख्ने, राख्ने भए कति राख्ने, कार्यकालको सीमा राख्ने वा नराख्ने, राख्ने भए कति राख्ने, केन्द्रदेखि सबै समितिहरूको कार्यकारी प्रमुखका लागि यस्तो सीमा राख्ने कि नराख्ने वा फरक–फरक राख्ने के गर्ने भन्दै उनले केन्द्रीय सदस्यहरूसँग सुझाव पनि मागेका छन् ।

गत बैशाख १४ को स्थायी समिति बैठकले गरेको निर्णयको पार्टी पंक्तिलाई जानकारी गराउँदै प्रचण्डले त्यस्तो सर्कुलर गरेका हुन् ।

२०७५ जेठ ३ मा एमालेसँग पार्टी एकतापछि नेकपा बने पनि अन्तत: अदालतले एकतालाई बदर गरेर पुरानै अवस्थामा एमाले र माओवादीलाई फर्काइदिएपछि प्रचण्डले माओवादीलाई नयाँ शिराबाट संगठित गर्ने विधिअनुसार संगठनात्मक संरचनामा हेरफेर गर्न खोजेका हुन् ।

जम्बो अवस्थामा रहेको माओवादीका कमिटीलाई प्रचण्डले सानो आकारमा झार्ने प्रयास पनि विधान संशोधन गरेर गर्न खोजेका छन् ।

हेर्नुहोस प्रचण्डले जारी गरेको आन्तरिक सर्कुलर :

प्रतिक्रिया