अक्सिजनको अभावमा नगरवासीको मृत्यु नहोस् भन्दै मिनी प्लान्ट निर्माण तयारी

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिएसँगै अक्सिजन अभाव भई ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।
महामारीका रूपमा फैलिएको भाइरसले अक्सिजन नपाएर नगरवासीको अकालमा ज्यान नजाओस् भन्ने हेतुका साथ नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिए ।
नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सिजन प्लान्ट जडान गर्न आवश्यक बजेट विनियोजनको माग गर्दै यही जेठ २ गते सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दै आवश्यक पर्ने थप रकम ५० लाख रुपैयाँ बजेट माग गरिएकामा तत्काल गर्न १५ लाख निकासा हुने नगरप्रमुख बजगाईंले जानकारी दिए ।
३० देखि ५० लाख रुपैयाँसम्मको मिनी अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्य राखेको जनाउँदै नगरप्रमुख बजगाईंले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउने बताए । काम शुरु गर्न अक्सिजन मेसिन खरिद गर्न बोलपत्रलगायतको प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया