सोमबार, मंसिर १७, २०८१

फिजियोथेरापी नेपालमै छ भन्ने थाहा थिएन

सन्ध्या भट्टराई २०७८ जेठ ३ गते १५:२६

प्ल्स २ पछि साइन्स कि म्यानेजमेन्ट लिने भनेर सोच्दा सोच्दै कलेज सकियो । साइन्स विषय लिएको विद्यार्थी जसको अहम सपना नै हुन्छ । प्ल्स २ पछि डाक्टर, इन्जिनियर बन्ने राम्रो कोसिस गरेर सकेसम्म एक बर्षमै नाम निकाल्ने ।

Advertisement

यस्तै मेरोपनि सबैको जस्तै सपना थियो डक्टर बन्ने । त्यसैको लागि पनि कोसिस गर्दै स्कलरसिपमा नाम न निस्के पनि पैसा तिरेर पढ्न सकिन्छ होला भनेर सकेको जति मिहिनेत पनि गरेकी थिएँ तर चाहेजस्तो सोचेजस्तो जीवन हुने रहेनछ ।

मलाई दातको डाक्टर बन्ने सपना थियो । त्यसैले मैले अरु कतै दिमाग लाउनु उचित ठानिनँ त्यसैले फोर्म भर्दा पनि बीडिएस बाहेक अरु नसोचेर त्यसको लागि फर्म भरे तर मेरो नाम निस्केन सायद जीवनमा पहिलोचोटी फेल भएको नै त्यही बेला होला ?

प्लसटु पछिको यात्रा


मेरो परिवारले एक वर्ष त काटने नै हैन भन्ने गर्नु थियो सानैबाट सँगै हुर्केको, पढेको साथिहरुको नाम निस्कएर आफू एक्लै हुँदा घोडाको भागदौडमा पछाडि छुटेको अनुभव त धेरै चोटी भयो । तर त्यसै विचमा जिन्दगी नियालेर बुझ्ने मौका पाए । घरपरिवारले एक वर्ष लस नगर्ने भनेर सल्लाह गर्न बोलाइ सकेपछि घर गए । घर त गए तर सानैदेखि मेडिकल पढने पहल भएकोले एक बर्ष लस गरछु तर मनको रहर जान दिनुहुँदैन भन्ने रहर थियो ।

परिवार को कुरा रोक्न नसकेर काठमाडाँै पुगेर इनभाइरोमेन्ट साइन्स (वातावरण बिज्ञान) पढे एक हप्ताको लागि त्यतिबेला चुनावको बेला थियो । सधै बोर्डिङमा पढेको व्यक्ति काठमाडौँको क्याम्पसमा मान्छेको भिड एउटा क्लास सकेपछि अर्कोमा जानु पर्ने समस्या हुन्थ्यो । क्याम्पसमा भिज्नै सकिन किनभने यो मन भने मेडिकल तिर नै थियो । त्यसैले घर फर्के । तर, साथि कलेज गइरेको समयमा आफु त्यसैै बस्न नै सकिन । नजिकैको बहुमुखी क्याम्पस भर्ना गरे ।

साथीहरु बनाएर त्यहाँको पढाई पनि खासै मन लागेन । तर बिडिएस नपढे पनि मेडिकलको केही पढछु भन्ने सोच राखेर जोस चड्यो ।
मेडिकल पढ्नु भन्दा परराष्ट्र पढे जिन्दगी बन्छ भनेपछि बिचमा त्यो पनि पढे । तर, सकिन । मलाई अरुले के पढदै छौ भनेर सोदेमा, उत्तर दिनु थियो । चाडो रिज्लट आउने र सबैले तारिफ गर्ने सोचले भने बिदेश गएर नार्सिङ पर्ढने निर्णय गरे । त्यसपछि आईएलटिएस गरेर जाँच दिए नतिजा आयो । यति बेला अर्को वर्ष लागिसकेको थियो ।

मामीले एक चोटि यहि जाँच देउ मेरो लागि भए पनि भनेपछि पोखरा विश्वविद्यालयमा जाँच दिएर त्यो रात काठमाडौँ गए । अनि अर्को दिन काठमाडौँ विश्वविद्यालयमा जाँच सकेपछि म त विदेश नै जाने भन्दै त्यही रात फर्के । नतिजा आयो दुइटामा नै नाम निस्केछ । त्यसपछि यही नै भर्ना हुने सोच राखे ।

लुम्बिनि मेडिकल कलेज नर्सिङ पढ्न भर्ना भए । त्यहीँ दिन होस्टल पनि हेरे । साथि बनाएर फर्के । सायद दशौँ पछि कलेज थियो भर्ना भएर घर फर्केको २ दिन पछि कल आयो ब्याज्लर अफ फिजियोथेरापी पढने हो भन्दै ।

त्यतिबेला भारतको कलेजबाट कल आइ राख्ने भएकाले के हो ब्याज्लर अफ फिजियोथेरापी भन्या “म त पढदिन भारत भने उता बाट ?“ हेरम भनेर फोन काटे अनि ममीलाई भने । ममीले नर्सिङ पढने कि फिजियो भनेर सोधनु भयो । म दोधारमा परे । एक रातको समय दिनेछु, मलाई फिजियो पढाउन मन छ भनेर जानु भयो मम्मी । म रात भरी फिजियोको बारेमा खोज्दै गए । अर्को दिन बिहान फिजियो पढने भनेर भने । अनि त्यहीँ दिन काठमाडौँ धुलिखेल गएर मेरो मेडिकल पढने रहर पुरा भयो ।

त्यसैले एक वर्र्ष गयो । मेरो सबैथोक सकियो भनेर आतिनुपर्ने रहेनछ । सानैबाट पढेर घोडा जस्तो दगुरेर सबैभन्दाको कमभन्दै गर्दा आफु को हो भनेर सोध्न कसैले नसिकाउदा चाहिने हो ।

कुराकानी आफ्नो परिवारसँग समय बिताएर घरको हिसाब किताब बुज्न र साथि भनेको दुई पलको हो । जहाँ गयो त्यहिँ हुन्छ । त्यसैले परिवारको महत्व बुज्न जरुरी छ ।आफु सङ बसेर अफ्नो रहर बुझ्न जरुरि रहेछ । त्यसैले मेरो भोगाइबाट जीवनमा जे हुन्छ, राम्रोको लागि हुन्छ र लेखेको कुरा कसैले रोक्न सक्दैन ।


तर मिहिनेतको अगाडि भाग्यको नि केही लाग्दैन भनेर सिक्नु भयो होला ? त्यही भएर म भन्छु, यो जीवनको दौड धुपबाट आराम लिगेर कलेजपछि आफूलाई नियाल्नु पर्छ । यसैबीचमा कोरोनाको लहरले जीवनमा आफु र आफ्नो खुसीभन्दा ठुलो केही नहुने रहेछ भनेर सिकाइ सकेको छ । त्यसैबीचमा धेरैजना पढाईको लागि अघि बढेकोे देख्दा आफ्नो भोगाइ राख्न मन लाग्यो ।

सबैकौ समय एउटै हुदैन त्यसैले ढिलो चाडो हुन्छ । पिर नगरौ जीवनमा भोगाइ र बुझाइ हुन्छ । सकारात्मक सोचौं सकारात्मकका साथ लक्ष्यमा लागौं ।

लेखिका भट्टराई फिजियोथेरापी विद्यार्थी हुन् ।

यो पनि पढ्नुहोस्

साईकलको प्रोमोसन कहिले ?

प्रतिक्रिया