शनिबार, चैत ७, २०८२

बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक सकियो

मेरोन्यूज २०७८ जेठ ७ गते १२:५०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक सकिएको छ ।
३ बजे कांग्रेस संसदीय दलको बैठक बसेर निर्णय गर्ने कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

Advertisement
nepal life insurencenepal life insurence


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकबाट बाहिरिदै भने “कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको छ,अबको एक आधा घण्टामै उपयुक्त निर्णय आउनेछ ।”

शुक्रबार बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको थियो । निष्कर्ष तत्कालै माओबादी,जसपासहितको गठबन्धनसँग छलफल राखेको थियो ।

प्रतिक्रिया