व्यक्तिगत रिसिइबीका कारण माओवादी नेतालाई गोली हान्ने २ पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा नेकपा (माओवादी केन्द्र) का नेता दीपक पाण्डे र एक भारतीय नागरिकमााथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कापिलवस्तु–१ बस्ने ३९ वर्षीय ओमप्रकाश यादव र वडा नं २ बस्ने ३३ वर्षीय साकिरअलि पाखिया छन् ।
पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमानलाई गोली प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ जाँदै गरेका दिपक र इयाजमाथि बुधबार राति गोली प्रहार भएको थियो ।
दिपकसँगको व्यक्तिगत रिसिइविका कारण हत्या गर्ने योजना बनाई ओम प्रकाश र साकिरअलिले उनीहरुलाई गोली प्रहार गरी फरार भएको खुल्न आएको कपिलवस्तुका प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, २ थान मोबाइल, १ थान गोलीको खोका र १ थान जंगी राउण्ड बरामद भएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया