सोमबार, वैशाख ८, २०८२

ब्राउन सुगरसहित दुई लागुऔषध कारोबारी पक्राउ

मेरोन्यूज २०७८ जेठ ८ गते १७:३९

झापा । मेचीनगर नगरपालिका–६ बद्री टोलबाट लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६ बस्ने २६ वर्षीय सुमन दनुवार र दमक–५ की २१ वर्षीय समिता राईलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधरमा सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनीहरुलाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया