साहित्य
म मोबाइल फोन हुँ

म दत्त हुँ, मलाई चलाउ
म फत्ते हुँ मलाई चलाउ
म तिम्रा हत्केलामै संसार अढाउन सक्छु
वेद, वाइवल, कुरान ज्ञानका सार पढाउन सक्छु
म तिम्रो हरेक सवालको जवाफ बन्न सक्छु
फरेवीहरूका लागि कडक, रवाफ बन्न सक्छु
म सम्बन्ध खोज्नेहरूका लागि राहत हुँ, उपचार हुँ
म युग परिवर्तनको संवाहक हुँ, समाचार हुँ
कोही भोको छ ? रमाइलोको, म आहारा हुँ
कोही एक्लो छ ? नाताको, म सहारा हुँ
म विकास हुँ वर्तमानको, मलाई चलाएर हेर
म निकास हुँ अन्धकारको, मलाई खेलाएर हेर
ए सुन त !
म नशा हुँ, मलाई नचलाउ
म दशा हुँ, मलाई नचलाउ
मेरो बनावट अश्लिल छ
तर प्रयोग अश्लिल छ
हो ! मेरो जन्मलक्ष्य श्रोतव्य छ, भव्य छ, बहुमत छ
तर, जन्मलक्ष्य सुन्ने श्रोतागण गलत छ
लत हद छ
समयको बद छ
मलाई सर्वप्रिय नबनाउ
सर्वमान्य नबनाउ
सर्वव्यापी नबनाउ
किनकी
तिमी म बारे सर्वज्ञ छैनौ
म सर्वथा, सर्वदा सर्वनाश निम्त्याउछु
म सर्वस्व हडप्छु
सर्वाङ्ग नङ्ग्याउछु त्यसपश्चात सायद
तिमी सलबलाउन समेत सक्ने छैनौ।
मलाई सही समयमा चलाउ
मलाई समयमा सही चलाउ
म तिमीलाई जुकरबर्ग बनाउने छु
तिमी जुका जसरी जरुरतबिना जकडी रहन्छौ भने
म जखमको जन्जाल बुनिदिने छु
जहाँबाट तिमीले मलमको सञ्जाल देखिने सन्झ्याल पाउने छैनौ
प्रिय प्रयोगकर्ता,
तिमी निन्द्राको आँखामा पट्टी नलगाई मलाई चलाउ
म परिवर्तन ल्याउछु परिस्थितिमा
मलाई पुत्र सरह व्यवहार गर, पत्रु सरह होइन
म पदक ल्याउने छु हर स्थितिमा
तिम्रो बेमतलब प्रयोगले
म बेमौसम बर्सिन सक्छु
तिमीद्वारा मेरो दुरुपयोगले
म ‘अहो’ तालमा तर्सिन सक्छु
मलाई सही समयमा चलाउ
मलाई समयमा सही चलाउ
म तिमीलाई जुकरबर्ग बनाउने छु
तिमी जुका जसरी जरुरतबिना जकडिनरहनु मलाई
म मल्हमको जञ्जाल बुनिदिने छु
जहाँबाट तिमीले जखमको सञ्जाल देखिने सन्झ्याल पाउने छैनौ
मलाई चलाउ म मोबाईल फोन हुँ
नाइ ! मलाई नचलाउ, म मोबाइल फोन हुँ।
लेखक अस्मित रेग्मी नेपालको कान्छो उपन्यासकारका रुपमा परिचित छन् । जसले १६ वर्षको उमेरमा ‘आरोह’ नामक उपन्यास प्रकाशित गरेका थिए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया