रिट दायर गरी सर्वोच्चबाट बाहिरिए नेताहरू

काठमाडौँ । सवोच्च अदालतमा रिट दायर गरे नेताहरू बाहिरिएका छन् ।
रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए । १४६ संसदहरुको हस्ताक्षर सहित रिट दर्ता गराएको विपक्षी गठवन्धनका नेताहरुको भनाई छ ।
विपक्षीहरुले वहुमत सांसदहरुले हस्ताक्षर गरेर राष्ट्रपतिलाई वुझाइएपनि प्रधानमन्त्री नियुक्त नगरिएकोले बहुमत प्राप्त नेता देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने उनीहरुले पहिलो माग राखेका छन् ।
प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोध तथा संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।
कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेश विपक्षीहरुले माग गरेका छन् ।
त्यस्तै रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने मागपनि उनीहरुको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया