एम्बुलेन्समा ल्याउँदै गरेको सय किलो गाँजासहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ ११ गते १४:४२

सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका २ स्थित सडकबाट एम्बुलेन्समा ल्याउँदै गरेको सय किलो अवैध लागु औषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
सोमबार साँझ प्रहरीले एम्बुलेन्स चालक धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका ११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका १ घर भएका २८ वर्षीय पोशन राईलाई पक्राउ गरेका हुन् ।
धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा पछाडिको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजासहित फेला पारेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय धरानले जनाएको छ ।
सम्बन्धित
















ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया