महन्थले उपेन्द्रलाई सोधे ७ बुँदे स्पष्टीकरण
ओलीलाई छाडेर देउवालाई किन रोजेको ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरणमा अध्यक्ष ठाकुरले पछिल्लो समयमा एकल अध्यक्षतामा निरन्तर पार्टी केन्द्रीय कार्यकारिणी समितिका बैठकहरू बसी विभिन्न खाले निर्णय किन गरेको भन्ने प्रश्न समेत यादवसँग गरेका छन् ।
यसैगरी, संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन् ।
अध्यक्ष ठाकुरले पार्टी निर्णय विपरित सर्वोच्च अदालतमा रिटमा किन हस्ताक्षर गरिएकोमा पनि स्पष्टीकरण सोधेका छन् । ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफसहित पठाउन अनुरोध गरेका छन् ।











पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया