ब्राउन सुगरसहित मायादेबीबाट २ जना पक्राउ

काठमाडौं । कपिलबस्तुको मायादेबी गाउँपालिका ३ बाट अवैध लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय पकडी,कपिलबस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) कृष्ण बहादुर खत्रीको कमाण्डमा खटिएका मोवाईल गस्ति टोलीले मंगलबार राति ८ बजे रुपन्देही जिल्ला कंचन गाउपालीका ५ बस्ने २७ वर्षीय मदन कुमार दर्लामी मगर र २८ वर्षीय विनोद दर्लामी मगरलाई पक्राउ गरेको हो ।
कपिलबस्तुको मायादेबी गाउँपालिका ३ फुलिका स्थित बरोहिया देखी पचेहरा तर्फ जादै गरेको बा ८० प ९६९० नम्वरको मोटरसाईकलमा सवार पक्राउ परेकाहरुको साथबाट ६ ग्राम ५० मिलि ग्राम लागु औषध (ब्राउन सुगर) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जनाएका छन् । उनीहरुलाई मोटरसाईकल सहित पक्राउ गरी थप अनुसन्धान कार्या अगाडी बडाईएको प्रवक्ता (डिएसपी) भण्डारीले बताए ।









एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
प्रतिक्रिया